Banner News

ओलीसँग ४९ वर्षको माया-पिरती छ, एकै रातमा सिद्धिदैन: नेता नेपाल



काठमाडौँ, ७ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको बताएका छन् ।

आज काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताए । केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’

आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेका नेता नेपालले बताए । ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’

वरिष्ठ नेता नेपालले विधान विपरित संसदीय बोर्ड गठन गरेको भन्दै आफू र झलनाथ खनाल त्यसमा नबस्ने घोषणा गरे । ‘दुई जना बबुरोहरुलाई कृपादृष्टि पु¥याएर ठाउँ दिनु भएछ,’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामी बस्दैनौं ।’