समाचार

के हो ‘कालो ढुसी’ ? यसको सङ्क्रमणबारे जान्नै पर्ने कुरा



काठमाडौँ, १८ जेठ । काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएका केही बिरामीमा कालो ढुसी (म्यूकरमाइकोसिस) को पनि सङ्क्रमण पुष्टि भएको छ ।  चिकित्सक

कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको सङ्क्रमण नेपालमा केही व्यक्तिमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

चिकित्सकहरुका अनुसार मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेटरमा राखी पूरक अक्सिजन दिँदा यो संक्रमण हुनसक्छ ।