राजनीति

खगेन्द्र संग्रौलालाई नेता बस्नेतको जवाफः ‘मनमोहन र केपी ओलीको अनुयायी हुँ’



भक्तपुर, ११ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आफ्नो स्वभाव र शैली कसैलाई धम्क्याउने तथा थर्काउने नभई नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर मनमोहन अधिकारी तथा केपी ओलीको अनुयायी भएको बताउनुभएको छ । नेता बस्नेतले राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु अधिकारी र ओलीको अनुयायी भएको दावी गर्नुभयो ।

लेखक खगेन्द्र संग्रौलाले पछिल्लो समय महेश बस्नेतले आफुलाई धम्क्याएको भनि सामाजिक सञ्जाल तथा विभिन्न भिडियामा दिएको अभिव्यक्तिलाई खण्डन गर्दै नेता बस्नेतले खगेन्द्र संग्रौला गाली शिरोमणीको उपमा पाइसकेका बाजे भएकाले अरुलाई होच्याउनु र अपमान गर्नु उहाँको खेती नै भएको बताउनुभयो ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् । म भक्तपुरको असल संस्कार युक्त परिवारमा हुर्केको मान्छे हुँ । राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्काउने थर्काउने मेरो शैली होइन ।

जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषण सभामा मैले बोलेको विषय छ। न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ । युथ फोर्सले जाई कटक नगर्नु झिकि कटक गर्नु भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्षमा हिड्नेछ । वाधा अडचन आइपरे मात्र हटाउनेछ । एमालेको पक्ति र जनतनसँग सत्रुता साँध्ने शक्ति वाहेक कोही त्रसित हुन आवश्यक छैन । युथ फोर्सको गठनले असाहाय, पिडित, गरिव, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ । बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला ।’ उहाँले उक्त दिन बोल्नुभएको भिडियो समेत अपलोड गर्नुभएको छ ।