समाचार

प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु, एक जना पक्राउ



बारा, १२ फागुन । प्रहरीको गोली लागेर बारामा एक  भारतीय नागरिककाे ज्यान गएकाे छ ।

गएराति करिब सात/आठ जनाको समूहमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचनापछि प्रहरी टोली तस्करको खोजीमा निस्किएको थियो ।

प्रहरीको टोलीलाई लक्षित गरी सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएको र जवाफमा प्रहरीले चलाएको गोली लागि नाम खुल्न नसकेका भारतीय एक गाँजा तस्करको ज्यान गएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

गोली लागेर घाइते उनको कलैया अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । भारत बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्राका ४० वर्षीय हृदयेश गिरी पक्राउ परेका प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । रासस