अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २१ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९८ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।