समाचार

काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा आज पनि कायमै



काठमाडौँ, १५ वैशाख । आज पनि काठमाडौँ विश्वकै प्रदूषित सहरका रूपमा कायम रहेको छ ।

बिहान ७ बजे जारी आईक्यू एयरको सूचीमा काठमाडौँको हावाको गुणस्तरले १ सय ७५ अङ्क प्राप्त गरेको छ । यसलाई अस्वस्थ मानिन्छ ।

दोस्रो स्थानमा छिमेकी मुलुक चीनको राजधानी बेइजिङ रहेको छ । बेइजिङको हावाको गुणस्तर १ सय ६७ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा भियतनामको हानोई सहर रहेको छ । त्यहाँ हावाको गुणस्तर १ सय ६३ छ ।