अर्थ

मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट



काठमाडौँ, १५ जेठ । सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आजको संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताए ।