अर्थ

दुई घण्टामा सगरमाथा अवलोकन गर्नेगरी पूर्वाधार निर्माण गरिने



काठमाडौँ, १५ जेठ । सरकारले सगरमाथा क्षेत्रसम्म जाने बाटो सुधार गर्ने घोषणा गरेको छ ।

आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले २ घण्टामा सगरमाथा क्षेत्र अवलोकन गर्ने गरी पूर्वाधार निर्माण कार्य गर्ने योजना अगाडि सारेको बताए ।

उनले सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्दै निजी क्षेत्रमार्फत द्रुत मार्ग निर्माण गर्ने जानकारी दिए । यस्तै, मुक्तिनाथ र उपल्लो मुस्ताङलाई जोड्ने सडक विस्तार गर्ने पनि उनले जानकारी दिए ।