अर्थ

काठमाडौँका तीन स्थानमा फ्लाइ ओभर, दुई ठाउँमा अन्डरपास निर्माण हुने



काठमाडौँ, १५ जेठ । सरकारले काठमाडौँ उपत्यकाका तीन ठाउँमा फ्लाइ ओभर र दुई ठाउँमा अन्डरपास मार्ग बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले काठमाडौं उपत्यकामा सवारी चाप व्यवस्थापन गर्न ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिने र कोटेश्वर तथा नयाँ बानेश्वरमा अन्डरपास निर्माण गरिने जनाएका हुन् । उनले सिस्ने–नागढुंगा सुरुङमार्ग आगामी वर्ष खोलिने पनि जनाए ।