राजनीति

विष्णु पौडेलले भने यो सरकार पुरै कार्यकाल जान्छ



काठमाण्डौ,७ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतमाथिको छलफलका भाग लिँदै उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई अझ दह्रो कदमका साथ अघि बढ्न पनि आग्रह गर्दै उनले भने – सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री प्रचण्डले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए । उपध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्रीज्यूले हिजोभन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । तपाईं दह्रो कदमका साथ अघि बढ्नुहोला । सिंगो सदनको तपाईंलाई साथ हुनेछ । सिंगो राष्ट्रको साथ हुनेछ । र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल काम गर्नेछ,ु उनले भने ।
उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरू प्रतिबद्ध भएर लागि परेको बताए ।