राजनीति

रमेस लेखकले भने तपाईलाई जंगलबाट ल्याएको विसिर्नु भयो




काठमाण्डौ,७ जेठ । कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउने कार्य बन्द गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन ।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने मूल्य चुकाउनुपर्छ भन्नुभयो तपाईंलाई–जङ्गलबाट यहाँ ल्याउने कांग्रेसलाई बिर्सिनुभयो ? शान्ति प्रक्रियामार्फत माओवादीलाई राजनीतिमा ल्याउन कांग्रेसको योगदान छैन ? गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउन बन्द गर्दिनुस् । धम्क्याएर तर्साएर तर्सिने पार्टी कांग्रेस होइन ।ु
प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षीको नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता मिचेको प्रतिक्रियासमेत दिएको छ । संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले देशभरका सहकारीको ठगीबाट पीडित नागरिकलाई बेवास्ता गरेको र केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको हो ।