समाचार

लघुवित्तको रकम हिनामिना गरेको आरोपमा दुई कर्मचारी पक्राउ



गुल्मी, ५ बैशाख । गुल्मीको कालिगण्डकी गाउँपालिका–४ पुर्तिघाटमा रहेको साधना लुघुवित्त वित्तीय संस्थामा कार्यरत दुई महिलालाई ठगी तथा रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कालिगण्डकी गाउँपालिका–४ की २२ वर्षीया मुना गाहा मगर र ३० वर्षीय कुमारी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै उक्त संस्थाका सहजकर्ता कर्मचारी थिए ।

उनीहरुमाथि संस्थाका दुई सयभन्दा बढी सदस्यबाट उठाएको रकम संस्थालाई नबुझाएको र ऋण लगानी गर्दा संस्थाबाट धेरै रकम निकालेर ग्राहक सदस्यलाई थोरै रकम लगानी गर्ने गरेको आरोप छ ।