समाचार

रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो



गुल्मी, ६ जेठ । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ ।

रेसुङ्गा नगरपालिकाको वडानम्बर-८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षा कर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन् । शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए । आज बिहानैदेखि नियन्त्रणका लागि खटिने काउछाले बताए ।