विश्व

फौजदारी मुद्दामा पक्राउ परेका ट्रम्प रिहा



काठमाडौँ, ३१ जेठ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प गोप्य कागजातसँग सम्बन्धित आपराधिक मुद्दामा मंगलबार पक्राउ परेका छन् ।

ट्रम्प यस मामिलामा मियामी अदालतमा उपस्थित हुन पुगेका थिए । तर, गोप्य कागजात मुद्दा प्रकरणमा भएको सुनुवाइपछि उनलाई अदालतबाट निःशर्त बाहिरिने अनुमति दिइएको थियो ।

सुनुवाइका क्रममा ट्रम्पले गोप्य कागजातको मामिलामा आफू दोषी नभएको अदालतमा पुनः बताएका थिए । ट्रम्पले गोप्य कागजातको कथित छेडछाडसँग सम्बन्धित ३७ आरोपमा आफू दोषी नभएको जिकिर गरेका छन् ।

ट्रम्पका वकिल टोड ब्लान्चेले न्यायाधीशलाई भने, ‘हामी पक्कै पनि यस मामिलामा दोषी छैन, आरोपलाई अस्वीकार गर्छौँ।’ यसअघि सुनुवाइको सामना गर्न ट्रम्प दिउँसो मियामी पुगेर अदालतमा आत्मसमर्पण गरेका थिए। त्यसपछि उनलाई अदालतमै पक्राउ गरिएको थियो ।