समाचार

मेहेलेमा पहिराेमा परि चार जना बेपत्ता



ताप्लेजुङ, ३ असार । ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका छन् ।

यस्तै, मैवाखोलामा आएको बाढीका कारण ताप्लेजुङकाे दोभानमा ५ वटा घर पहिराेकाे जोखिममा परेकाे स्थानीय जयप्रसाद भट्टराईले बताएका छन् ।