समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



काठमाडौँ, १७ भदौ । गुल्मीमा चट्याङ लागेर कम्तीमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ गुल्मीको मालिका गाउँपालिका-२ दर्लिङ बस्ने ६० वर्षीय हिराबहादुर घर्ती रोकाको चट्याङ लागेर मृत्यु भएको हो । 

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ्ग लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र हुँदै जिल्ला अस्पताल तम्घासमा थप उपचारको क्रममा मृत्यु भएको हो ।