समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह



काठमाडौँ, २७ भदौ । आउँदोे २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ ढुक्क भएर लगाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह  गरेका हुन्  ।

उनले यो खोपको दुई मात्रा लगाए पनि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशतले रोकिने बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पनि यो खोप प्रमाणीकरण गरेको छ भने औषधि व्यवस्था विभागले पनि खोपको प्रयोगका लागि अनुमति दिइसकेको छ ।

आउँदो २७ गतेदेखि सातै प्रदेशका सात अस्पतालबाट १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका झण्डै ९ हजार ५ सय जना किशोरीलाई खोप लगाइने छ । गएको असारमा सरकारले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको थियो। यो खोपको दुई मात्रा दिनु पर्ने हुन्छ ।