समाचार

आजको मौसम



काठमाडौँ, २८ भदौ । नेपालमा हाल भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित  हल्का वर्षाको  भइरहेको  छ ।

आज दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक  बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी  भूभागका  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ ।

त्यस्तै आज राति भने कोशी,  मधेस,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक–दुई  स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।