अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १८ असोज । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।