समाचार

वैदेशिक रोजगार ठगी मुद्दामा विनोद थापा पक्राउ



काठमाडौँ, २७ कार्तिक । प्रहरीले भक्तपुरको बालकोटबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिकास्थित बालकोट बस्ने ३६ वर्षीय विनोद थापा छन् । भोजपुर षडानन्द नगरपालिका–१ घर भएर बालकोट बस्दै आएका थापालाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरेर उपस्थित गराउन वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र पठाएको थियो । तिहार बिदा सकिएपछि उनलाई विभागमा उपस्थित गराउने प्रहरीको तयारी छ । आरोपित थापा एनआरएनए मलेसियाका अध्यक्ष हुन् ।