मनोरञ्जन

फिल्म ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे



काठमाडौँ, ५ मंसिर । प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले फिल्म ‘कङ्गारु’ निर्माण गर्ने भएका छन् । सम्राट बस्नेतको निर्देशन रहने फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने भएको छ ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ । फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । फिल्मको कलाकार छनौटको क्रममा छन् । फिल्मको कलाकार र प्राविधिक  पक्ष केही समयपछि सार्वजनिक गर्ने निर्देशक बस्नेतले बताए । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुनेछ ।