मनोरञ्जन

सलमान खानको फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने



काठमाडौँ, १० मंसिर । सलमान खानको आगामी फिल्म ‘द बुल’लाई करण जोहरले निर्माण गर्ने भएका छन् । फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् । ‘कुछ कुछ होता है’पछि दोस्रोपटक करण र सलमानले सहकार्य गर्न लागेका हुन् ।

उनको आगामी प्रोजेक्टमा ‘किक २’ र ‘दबंग ४’को नाम पनि समावेश छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।

फिल्म ‘द बुल’मा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो चरणको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।