समाचार

ब्राउन सुगरसहित दुई जना पक्राउ



जनकपुरधाम, १५ मंसिर । सिराहाबाट लागू औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

सिराहा प्रहरीका अनुसार ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको छ । शङ्का लागेर चेकजाँच गर्दा दुबैजनाको साथबाट ब्राउन सुगर र डिजिटल तराजुसहित इलाका प्रहरी लहानको टोलीले नियन्त्रणमा लिएको थियो । दुबैजनामाथि सिराहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई इलाका प्रहरी लहानको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।