Banner News

एनसेलको सीईओलाई पत्र काट्न रास्वपाका वाग्लेको माग



काठमाडौ २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले एनसेल ब्रिकी प्रकरणमाथि छानविन गर्न एनसेलको सीईओलाई पत्र काट्न माग गरेका छन् ।
एनसेलको शेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।
लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गरौँ ।
त्यसरी नै रास्वपाले पत्र काट्नका लागि समितिका सभापति सन्तोष चालिसे समक्ष माग पत्र समेत बुझाएका छन् ।