समाचार

आजको मौसम



काठमाडौँ, ८ पौष । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले कोशी, मधेश, कर्णाली र सुदूर पश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । विभागले देशभरको तापक्रम घट्ने क्रममा रहेका ले चिसोबाट बच्च आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ५१ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।