अर्थ

पाँच महिनामा ५६ करोड बढीको सेनिटरी प्याड आयात



काठमाडौँ, ११ पौष । चालु आर्थिक वर्षको पाँच महिनामा चीन, भारत, पाकिस्तान लगायत मुलुकबाट ५६ करोड रुपैयाँ बढीको सेनिटरी प्याड आयात भएको छ । 

भन्सार विभागका अनुसार ५६ करोड ६३ लाख ९५ हजार रुपैयाँको ८ करोड ८१ लाख ६९ हजार ६५ पिस सेनिटरी प्याड आयात भएको हो । सरकारले भारतबाट सबैभन्दा धेरै ४३ करोड ९४ लाख ६७ हजार रुपैयाँको ५ करोड ४ लाख ६६ हजार ९ सय ३४ वटा सेनिटरी प्याड आयात गरेको छ । चीनबाट १२ करोड ६७ लाख २ हजार रुपैयाँको ३ करोड ७६ लाख ६२ हजार ७ सय १७ वटा प्याड ल्याएको छ । 

यस्तै, पाकिस्तानबाट १ लाख ८० हजार रुपैयाँको ३९ हजार वटा सेनिटरी प्याड आयात गरिएको भन्सार विभागले जनाएको छ । अन्य मुलुकबाट ४६ हजार रुपैयाँको ४ सय १४ वटा सेनिटरी प्याड आयात गरिएको छ । सो बापत सरकारले १० करोड ६६ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।