समाचार

काठमाडौँमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम 



काठमाडौँ, १३ माघ । काठमाडौँमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ ।

बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । 

“यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो । आजै तापक्रम पौने ९ बजे योभन्दा पनि कम मापन हुनसक्छ । तर हुन्छ नै भन्ने निश्चित भने हुँदैन,” उनले स्पष्ट पारिन् । बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।