समाचार

नक्कली मदिरा कारोबार गर्ने दुई जना पुर्पक्षका लागि कारागार चलान



काठमाडौँ, २ माघ । काठमाडौँमा कारखाना खोलेर नक्कली मदिराको कारोबार गर्ने दुई जनालाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउन आदेश गरेको छ ।

अदालतले रामेछापको खाँडादेवी गाउँपालिका घर भएका २८ वर्षीय मनोज खत्री र ३६ वर्षीय विनोद कुमार कार्कीलाई थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशपछि उनीहरूलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा चलान गरिएको हो ।

काठमाडौँको थलीमा सञ्चालित नक्कली मदिरा कारखानामा छापा मारेर उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई २ माघमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । कालोबजारी विरुद्धको कसुरमा जेल चलान भएका विनोद मनोज खत्री र विनोद कुमार कार्की मामा–भान्जा हुन् ।