समाचार

दुईवटा फार्मेसी पसल बन्द



काठमाडौँ, ३ फागुन । वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द भएको छ ।

स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बन्द गर्न निर्देशन दिएका छन् ।

औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्ने उनले बताए । मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए ।