समाचार

पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी



काठमाडौँ, १५ फागुन । नेपालमा अब पाँच जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको छ । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् । 

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको छ । पूर्ण खोपका लागि दुई वर्षमुनिका बालबालिकाले शत प्रतिशत खोप लगाएको हेरिने गरिन्छ । ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ ।