समाचार

काठमाडौँ महानगरभित्रका ५२ अस्पतालमा ३८५ शैया निःशुल्क 



काठमाडौँ, १६ फागुन । काठमाडौँ महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन् । 

ती अस्पतालले १० प्रतिशतका दरले ३८५ वटा शैया विपन्न असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनेछन् । सो सेवा फागुन १ गतेदेखि सुरु भइ बिरामीले निःशुल्क उपचार गराउन समेत थालेको महानगरले जनाएको छ । 

यस्तै, विपन्न परिचयपत्र नभएका नागरिकले आफू बसोबास गरिरहेको वडाको सिफारिसका आधारमा सेवा लिन सक्छन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचिएको फोटो, रोग पहिचान भए सोको कागजपत्र र सम्बन्धित वा कार्यालयको सिफारिस आवश्यक हुन्छ ।

निःशुल्क उपचार सेवालाई पारदर्शी र व्यवस्थित गराउन महानगरले http://freehealth.kathmandu.gov.np/ मार्फत अनलाइन सेवा दिने व्यवस्था गरेको छ । 

महानगरको निःशुल्क उपचार सेवा प्रणालीमा फागुन १५ गतेसम्म ५५ वटा अस्पताल सूचीकृत भएका छन् । तीमध्ये ५२ वटाले सेवा सुरु गरेको महानगरले जनाएको छ ।

अस्पतालको नामनिःशुल्क शैया
क्षेत्रपाटी निःशुल्क अस्पताल
काठमाडौं मोडेल अस्पताल१०
अन्नपूर्ण न्युरो अस्पताल
बीपी स्मृति सामुदायिक अस्पताल१० 
भरोसा अस्पताल
ब्लुक्रस अस्पताल५ 
चिरायु अस्पताल१० 
इआरए इन्टरनेसनल अस्पताल
एभरेष्ट अस्पताल १०
फ्रन्टलाइन अस्पताल१० 
ग्रान्डीसीटी अस्पताल५ 
हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल१०
हिमाल अस्पताल
होप इन्टरनेसनल अस्पताल  १०
बालमैत्री अस्पताल
कालीमाटी चेस्ट अस्पताल
कान्तिपुर डेन्टल अस्पताल१० 
कान्तिपुर अस्पताल१०
काठमाडौं इएनटी अस्पताल
काठमाडौं मेडिकल कलेज३०
महेन्द्रनारायण निधि मेमोरियल अस्पताल१०
मनमोहन मेमोरियल मेडिकल कलेज३० 
मेडिकेयर अस्पताल १०
मेट्रो काठमाडौं अस्पताल 
राष्ट्रिय मिर्गौला केन्द्र
नेपाल आँखा अस्पताल १०
नेपाल नेसनल अस्पताल  
नर्भिक इन्टरनेसनल अस्पताल२०
ओम अस्पताल१८
ओम साइबाबा मेमोरियल अस्पताल
ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल अस्पताल
पिपुल्स डेन्टल अस्पताल
प्राइमेरा अस्पताल
सहिद मेमोरियल अस्पताल१०
समता अस्पताल  १०
सिल्भरलाइन अस्पताल१०
स्तुपा सामुदायिक अस्पताल
स्वाक्यान इन्टरनेसनल अस्पताल
भ्याली अस्पताल  
बयोधा अस्पताल 
बुद्धमाइ सेन्टर
दीर्घायु गुरु अस्पताल
काठमाडौं भ्याली अस्पताल१० 
मार्क अस्पताल
मदरल्याण्ड अस्पताल
नेपाल भारत मैत्री अस्पताल१०
नेपाल स्किन अस्पताल
स्पार्क हेल्थहोम
तिलगंगा आँखा अस्पताल
भेनस अस्पताल
यति अस्पताल
क्यापिटल अस्पताल