समाचार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौँ, १६ फागुन । सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार सुनसरीको रामधुनी नगरपालिका-४ मानपुरस्थित सडकमा प्रदेश १-०२-०४७ प २०४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने २४ वर्षीय करण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।