समाचार

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ, १७ फागुन । चितवनमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकले ठक्कर दिएको हो ।

पूर्व–पश्चिम सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त ट्रकले गए राति करिब १ बजे हाल नामथर, वतन नखुलेका ५५/६० वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट ती व्यक्ति गम्भीर घाइते भएका थिए । उपचारका निम्ति उनलाई भरतपुर सरकारी अस्पतालमा पठाइएको थियो । राति नै १ः५० बजे उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उक्त ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।