समाचार

विवाहमा ‘ग्याङ फाइट’, दुईजना घाइते



काठमाडौँ, १७ फागुन । मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

मनहरी गाउँपालिकाकै उज्वल थिङ र रोनिस लामा घाइते भएका छन् । थिङको अवस्था गम्भीर छ । उपचारका निम्ति उनलाई चितवनको भरतपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

रुपाचुरीका सरोज प्रजाको विवाहमा गएका युवाबीच झगडा भएको थियो । रुपाचुरीकै इमान घलान, मनिक घलानसहितको युवाको समूहले उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।