अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज ६ सय रुपैयाँमा बढेर प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँमा बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।