अर्थ

नेपाल घुम्न विदेशी पर्यटकको ओइरो



काठमाडौँ, २० फागुन । नेपालमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार नेपाल गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

यो वर्ष २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५२६  विदेशी नेपाल आइसकेका छन् । २०२४ को फेब्रुअरी महिनामा ९७ हजार ४२६ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग (हवाई माध्यम) मार्फत नेपाल घुम्न आएका हुन् । बोर्डका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको फेब्रुअरीमा २४ हजार १७१ जना बढी पर्यटक नेपाल आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को फेब्रुअरीमा ७३ हजार २५५ जना विदेशी नागरिक हवाई माध्यमबाट नेपाल भित्रिएका थिए ।

यस्तै, सन् २०२४ को जनवरी महिनामा विदेशबाट नेपाल घुम्नका लागि ७९ हजार १०० जना आए । जबकि, सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना मात्रै विदेशी नेपाल घुम्न आएका थिए ।