समाचार

रास्वपाको नीति मन्थनमा यसपटक ऊर्जामा बहस



काठमाडौँ, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले नीति मन्थन अन्तर्गत सोमबार ऊर्जा क्षेत्रका विषयमा छलफल गर्ने भएको छ ।

पार्टीको ऊर्जा नीति कार्यदलले आयोजना गरेको यसपटकको नीति मन्थनमा ऊर्जाका विषयमा तीनवटा छलफल कार्यक्रम राखिएको छ ।

‘ऊर्जा विकासका वर्तमान चुनौतीहरु’ विषयको छलफलमा डा. त्रिरत्न बज्राचार्य, डा. रामप्रसाद धिताल, डा.रविन श्रेष्ठ, सुमन जोशी, डा. अरनिको पाँडेले आफ्ना विचार राख्ने भएका छन् । यो छलफलको सहजकर्ता पत्रकार विकास थापा छन् । दोस्रो सत्रमा ‘बदलिँदो परिवेशमा आवश्यक ऊर्जा नीति र संसदमा प्रस्तावित विद्युत् विधेयक’ शीर्षकमा छलफल हुनेछ । यस विषयमा डा. सोमलाल सुवेदी, तारानाथ सापकोटा, शेरसिंह भाट, पूर्ण परियार, प्रकाश दुलालले छलफल गर्नेछन् । सहजकर्ता भने रास्वपा सांसद सोविता गौतम छिन् ।