समाचार

कोरोनाविरुद्धको ‘बुस्टर डोज’खोप अभियान



काठमाडौँ, २१ फागुन । रुकुम पश्चिममा आजदेखि फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काका अनुसार जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको हो । 

उनका अनुसार मुसिकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन गरिसकिएको  छ । बाँकी चार स्थानीय तह सानीभेरी, बाँफीकोट, त्रिवेणी गाउँपालिका तथा आठबिसकोट नगरपालिकामा यही फागुन २१ गतेदेखि २४ गतेसम्म कोरोनाविरद्धको खोप अभियान सञ्चालन हुने उनले बताए ।