Banner News

काठमाडौँमा २४ सै घण्टा ‘क्विक रेस्पोन्स टिम’ परिचालन



काठमाडौँ, २४ फागुन । जिल्ला प्रहरी परिसर काठमाडौँले ‘क्विक रेस्पोन्स टिम- क्युआरटी’ परिचालन गरेको छ । 

‘क्विक रेस्पोन्स टिम- क्युआरटी’ परिचालनको लागी बुधबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले क्युआरटीका प्रहरीहरूलाई आवश्यक सामग्री प्रदान गरेका हुन् । 

उक्त सामग्री प्रदान गरेसँगै क्युआरटी प्रहरी परिचालन भएका हुन् । काठमाडौँ उपत्यकामा शान्ति सुरक्षा कायम गर्न, आपराधिक घटना/दुर्घटनास्थलमा खटिनका लागि क्युआरटी परिचालन गरिएको हो ।

क्‍युआरटीको जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरूलाई जिपिएस ट्र्याकिङ डिभाइस, शरीरमा लगाउने क्‍यामेरा, हेल्मेट, नी-गार्ड, एल्बो-गार्ड, पञ्जा, भेष्ट, चस्मा, रेडिसेट र साइरेन उपलब्ध गराएको हो ।