समाचार

नक्कली औषधि बिक्रेता पक्राउ



काठमाडौँ, २५ फागुन । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित चौधरिपुर्वाबाट नक्कली औषधि बिक्रेतालाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ आरोपीलाई पक्राउ गरेर पसल सिल गरेको छ । पक्राउ पर्नेमा विकाश लखेर छन् । उनले औषधि बिक्री गर्ने योग्यताको प्रमाण पत्र देखाउन सकेका छैनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको छ । पसलमा करिब ७५ प्रतिशत औषधी म्याद गुज्रिएको अवस्थामा भेटिएको छ ।

म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको हो । उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसल जिल्ला प्रशासन कार्यालयले सिल गरेको छ ।