समाचार

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी



काठमाडौँ, ३० फागुन । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो । मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० हजार काटिएको म्यासेज आएको थियो ।

पैसा काटिएको ५ मिनेटमा एनआईसी एसिया बैंकमा जाँदा पनि पैसा रोक्न नमिल्ने कर्मचारीहरुले बताएको मेहताको गुनासो छ ।