विश्व

अस्ट्रेलियामा सुन खानी भत्किँदा एक जनाको मृत्यु



काठमाडौँ, १ चैत । अस्ट्रेलियामा सुन खानी भत्किँदा एकको मृत्यु भएको छ । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको त्यो खानीमा ५०० मिटरको पत्थरको थुप्रो खसेको थियो । यस घटनामा अर्का एक जना गम्भीर घाइते भएका थिए ।

खानीमा काम गरिरहेका २९ जना मानिसहरूले नजिकै रहेको ‘सेफ्टी पड’मा आश्रय लिएको बताइएको छ । घटना भएको चार घण्टापछि घाइतेको उद्धार गरिएको थियो । यस घटनाको अनुसन्धान गरिने भएको छ । खानीको प्रवेश द्वारबाट करिब ३ किमी परको घटनास्थलमा बिहीबार बिहान ३७ वर्षका एक पुरुषको शव भेटिएको थियो ।