समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



काठमाडौँ, ३ चैत । सुर्खेतको गुर्भाकोट नगरपालिका-१४ बस्ने ३६ वर्षीय धनराज सलामीको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीअ अनुसार आज दिउँसो आफ्नै सहदोर दाइ रेसम सलामीको घरको ढलान गर्ने क्रममा ढलानमा प्रयोग हुने भाईभरेट मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।