समाचार

लेक लागेर भारतीय नागरिकको मृत्यु



मुस्ताङ, ४ चैत । मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ ।

मुस्ताङ प्रहरीका अनुसार राति साढे २ बजे हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो । उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए ।

मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो । समस्या भएपछि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको मुस्ताङ प्रहरीले जनाएको छ ।