अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ४ चैत । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १५ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।