समाचार

जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते



दाङ, ५ चैत । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान दाङको बबई गाउँपालिका– १ भाँगोदुलास्थित गंगटेबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १४२७ नम्बरको महिन्द्रा डीआई जिप दुर्घटना भएको हो । तुलसीपुर तर्फ जादै गर्दा उकालोमा चढ्न नसकी जीप आफै ब्याक भइ सडकबाट ३०–३५ मिटर तल खसेको थियो।

दुर्घटनामा परी घाइते भएका जिपमा सवार बबई गाउँपालिका १ बस्ने ४५ वर्षीय जित बुढाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा जिप चालक ४७ वर्षीय लोकबहादुर राना, ५० वर्षीय जोकबहादुर बुढा गम्भिर घाइते भएका छन् । त्यस्तै १७ वर्षीया तारा सारु, ३२ वर्षीया संगिता बुढा, ४० वर्षीया बन्दना बुढा र सल्यान शारदा नगरपालिका ९ बस्ने ५० वर्षीया नन्दकली थापा पनि घाइते भएका छन् ।