राजनीति

पत्रकार महासङ्घले ६९ औँ स्थापना दिवस: सभामुखद्वारा शुभकामना



काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

यसै अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ 

महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।