समाचार

लुक्लामा हवाई उडान प्रभावित



काठमाडौँ, १६ चैत । प्रतिकूल मौसमका कारण लुक्लामा हवाई उडान प्रभावित भएको छ ।

मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् । 

पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश पर्यटक जहाजमार्फत लुक्ला हुँदै उकालो लाग्ने गर्छन् । तर मौसम प्रतिकूल हुँदा तालिका अनुसार जहाज उडान हुन नसक्दा रामेछापको मन्थलीमा नै पर्यटक रोकिएको छ ।

मौसम तत्काल खुल्ने सम्भावना नभएपछि कतिपय पर्यटक हिँडेर थामडाँडा पुगेर त्यहाँबाट गाडीमार्फत सल्लेरी हुँदै काठमाडौँ फर्किएका छन् । रामेछापको मन्थलीमा दुईभन्दा धेरै पर्यटकहरु लुक्ला जानका लागि मौसम अनुकुलताको पर्खाइमा रहेको बताइएको छ ।