अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३० हजारमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला १५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।