समाचार

भक्तपुर क्यान्सर अस्पतालमा डा चालिसे



काठमाण्डौ १६ चैत । डा उज्वल चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।
चालिसे १ दशकभन्दा लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत थिए । उनी १५ वर्षदेखि क्यान्सर विज्ञका रूपमा कार्यरत छन् ।